×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वैदेशिक रोजगारीका विषयमा विवाद, दाउराको प्रहारबाट एकको मृत्यु

वैदेशिक रोजगारीका विषयमा विवाद, दाउराको प्रहारबाट एकको मृत्यु

जिल्लामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । खडक नगरपालिका-९ लालपट्टीका ५८ वर्षीय दाउद मियाँको कुटपिटका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकार दिएको छ ।

प्रहरीका अनुसार मियाँको संलग्नतामा वैदेशिक रोजगारीमा पठाएको व्यक्तिले भने जस्तो काम नपाएको भन्दै बिहीबार विवाद भएको थियो । विदेश गएर फर्किएका व्यक्तिले पैसा फिर्ता मागेका थिए । विवादका क्रममा दाउराको प्रहारका कारण मियाँ घाइते भएका थिए ।

उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा लगिएको थियो । अस्पतालमा शुक्रबार उनको मृत्यु भएको हो । घटनामा संलग्नको पहिचान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्