×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बेन्जेमा दुई पेनाल्टीमा चुके तर, हारेन रियल

बेन्जेमा दुई पेनाल्टीमा चुके तर, हारेन रियल

काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले ओसासुनामाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले ओसासुनामाथि ३-१ गोल अन्तरको जित हासिल गरेको हो । 

रियल म्याड्रिडको जितमा डेभिड अल्भा, मार्को असेन्सियो र लुकास भाजक्वेजले एक एक गोल गरेका थिए । खेलमा रियलका करिम बेन्जमाले ७ मिनेटको अन्तरमा दुई पेनाल्टी मिस गरेका थिए । उनीले खेलको ५२औँ मिनेट र ५९औँ मिनेटमा पाएको पेनाल्टीलाई गोल गर्न असफल भए ।

दुवै पेनाल्टी ओसासुनाका गोल किपर सर्जियो हेरेराले बचाएका थिए । त्यस्तै ओसासुनाका लागि आन्ट बुडिमिरले एक गोल गरेका थिए । यो जितपछि रियल म्याड्रिड ला लिगा उपाधि जितको नजिक पुगेको छ । रियल म्याड्रिडको ३३ खेलमा ७८ अंक रहेको छ र अहिले दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिड भन्दा १७ अङ्कले अगाडी रहेको छ ।

सम्भवतः अर्को खेलको जितबाट रियल म्याड्रिडले ला लिगाको उपाधि जित्ने छ । त्यस्तै ओसासुनाको ३३ खेलमा ४४ अंक छ र लिगमा नवौँ स्थानमा छ ।

प्रतिकृया दिनुहोस्