काठमाडौँ- हुण्डीको कारोबारमा संलग्न भएको आरोपमा ४ जना विरुद्ध राजस्व अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ । विभागले ६९ लाख ९९ हजार मागदावी सहित उनीहरुविरुद्ध आरोप पत्र दायर गरेको हो ।
विभागले नुवाकोटको ककनी–३ का नवराज ढुंगाना, ककनी–३ कै शिव सर्भिस एण्ड मल्टिपर्पोज प्रालिका सञ्चालक फणिन्द्रप्रसाद ढुंगाना, भीरकोटगढी–११ नुवाकोट महाल म्हैपी बस्ने सुवास क्यासमिर कलेक्सनका प्रोपाइटर सुवास जंग पाण्डे र ककनी–३ नुवाकोट हाल जापान बस्ने प्रज्वल ढुंगानालाई अभियोगपत्र दायर गरेको हो ।
६९ लाख ९९ हजारसहित पक्राउ परेका नवराज ढुंगानाले उक्त रकम हुण्डी कारोबारको रहेकोले फेला परेको प्रहरीले जनाएको छ । जापानमा रहेका प्रज्वल ढुंगानाले सुवासजंग पाण्डेलाई भने अनुसार सुवासजंग पाण्डेले नवराज र फणिन्द्रलाई उक्त रकम उपलब्ध गराएको प्रहरीले अनुसन्धानको क्रममा फेला पारेको छ ।
विदेशी विनिमय कारोबार गर्न इजाजत नलिएको, नेपालमा बरामद गरिएको रकम बराबरकै रकम विदेशबाट नेपाल आउनु पर्नेमा विदेशमै राखिएको लगायत कारणले उनीहरुलाई पक्राउ गरिएको विभागले जनाएको छ ।