×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

तल्लोक्रमका ब्याटरले उत्कृष्ट साँझेदारी गरेपछि युएईले दियो नेपाललाई मध्यम लक्ष्य

तल्लोक्रमका ब्याटरले उत्कृष्ट साँझेदारी गरेपछि युएईले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं - युएईका आयन खान र हजरत बिलालले अन्तिम विकेटका लागि कीर्तिमानी साझेदारी गरेपछि तेस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपाललाई जितका लागि १ सय ७७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनायो ।

युएईका लागि आयन अफजल खानले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ खेले । हजरत बिलालले अविजित २० रन बनाए ।

मात्र ९३ रन जोड्दा ९ विकेट गुमाएको युएईका लागि आयन र हजरतले अन्तिम विकेटका लागि ८३ रनको साझेदारी गरे।

यस्तै अलिशन शराफुले सर्वाधिक ३३ रन बनाए ।  रोहन मुस्तफाले २४ तथा मुहमद वासिमले ११ रन बनाए ।  

नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले १/१ विकेट लिए । सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए ।

आज दुबै टिम जित निकाल्दै सिरिज जित्ने योजनामा रहेका छन् । नेपाल र युएईबीचको यस खेल सिरिजको निर्णायक खेलको रुपमा रहेको छ । किनकि तीन खेलको सिरिज १-१ को बराबरीमा रहेको छ ।

सिरिजको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो । तर, दोस्रो खेलमा नेपालले ३ विकेटको जित हासिल गरेको थियो ।

प्रतिकृया दिनुहोस्