×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बंगलादेशलाई हराउँदै पाकिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा

बंगलादेशलाई हराउँदै पाकिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा

काठमाडौं- पाकिस्तान क्रिकेट टोली अस्ट्रेलियामा जारी आठौं संस्करणको आइसिसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान समूह ‘२’ बाट सेमिफाइनलमा प्रवेश गरेको हो ।

समूह चरणको अन्तिम खेलमा बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य पाकिस्तानले १८.१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । उसका लागि मोहम्मद रिजवानले ३२, मोहम्मद हरिसले ३१, कप्तान बाबर आजमले २५ र शन मसूदले अविजित २४ रन बनाए । बंगलादेशका लागि एबदात हुसेन, मुस्तफिजुर रहमान, शाविकअल हसन र नसुम अहमदले एक/एक विकेट लिए । 

त्यसअघि एडिलेडस्थित ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनायो । उसका लागि नजिमुलहुसेन सान्तोले अर्धशतकीय पारी खेले ।

४८ बलको सामना गरेका सान्तोले सात चौकाको मद्दतमा ५४ रन बनाए । त्यस्तै, अफिफ हुसेनले अविजित २४, सौम्य सरकारले २० र लिटन दासले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । पाकिस्तानका लागि शाहिनसाह अफ्रिदीले शानदार बलिङ गरे ।

४ ओभर बलिङ गरेका उनले २२ रन दिएर महत्वपूर्ण चार विकेट लिए । त्यस्तै, शादब खानले दुई, इफ्तिखार अहमद र हरिस रौफले एक/एक विकेट हात पारे । योसँगै सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको छ । समूह ‘दुई’ बाट भारत र पाकिस्तान तथा समूह ‘१’ का न्यूजिल्याण्ड र इंग्ल्याण्डले सेमिफाइनलको यात्रा तय गरे । 

प्रतिकृया दिनुहोस्