×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

बागमती क्रिकेट : पारसहित तीन जनालाई केन्द्रिय निर्वाचनका लागि प्रतिनिधि पठाउने निर्णय

बागमती क्रिकेट : पारसहित तीन जनालाई केन्द्रिय निर्वाचनका लागि प्रतिनिधि पठाउने निर्णय

काठमाडौं - बागमती प्रदेश क्रिकेट संघले अध्यक्ष पारस खड्का सहित तीन जनालाई केन्द्रिय निर्वाचनका लागि प्रादेशिक प्रतिनिधि पठाउने निर्णय गरेको छ ।

 बागमती प्रदेश क्रिकेट संघको भाद्र २३ गते बसेको बोर्ड बैठकले काठमाडौंका पारस खड्का, ललितपुरका शेखर श्रेष्ठ र मकवानपुरका प्रेमबहादुर क्षेत्रीलाई प्रादेशिक प्रतिनिधिको रुपमा केन्द्रिय निर्वाचनमा पठाउने निर्णय गरेको हो ।

क्यान विधान अनुसार केन्द्रिय निर्वाचनमा प्रदेश अन्तर्गतका सदस्य जिल्लाको आधा संख्याको प्रतिनिधि छनोट गरेर पठाउन सकिने व्यवस्था छ । बागमतीमा रहेका ६ जिल्लाबाट तीन जना प्रतिनिधि छनोट भएका हुन् ।

क्यानको केन्द्रिय निर्वाचन आगामी असोज ५ र ६ गते हुदैछ । पारसलाई आसन्न निर्वाचनमा नेतृत्वको दाबेदार मानिएको छ । त्यसैको तयारी अनुसार .पारस बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भैसकेका छन् ।

बैठकले अध्यक्ष पारस खड्का रहेको आर्थिक समिति, बसन्तराज सत्याल संयोजक रहेको प्राविधिक समिति, अनुजमान श्रेष्ठ रहेको विकास समिति र अजयवीर पाण्डे संयोजक रहेको कार्यक्रम समिति गठन गरेको छ ।

बैठकले प्रदेश क्रिकेट संघको क्रिकेट निर्देशकमा अनिल अधिकारीलाई नियुक्त गरेको छ भने प्रदेशको महिला क्रिकेट संयोजकमा नीरा राजोपाध्यायलाई नियुक्त गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस्