×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

 ‘नसोध मलाई’ म्युजिक भिडियो सार्वजनिक

 ‘नसोध मलाई’ म्युजिक भिडियो सार्वजनिक

स्वास्थ्यकर्मीको अवस्था चित्रण गर्ने डा.रणजीतकुमार झाकोभिड-१९ बाट संक्रमित विरामीहरुको उपचारमा पछिल्लो एक वर्षदेखि सक्रियतापूर्वक खटिएका वरिष्ठ चिकित्सक डा।रणजीत कुमार झा कुशल गायक तथा संगीतकार पनि हुन् ।

लामो समयदेखि राजबिराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सिनियर कन्सल्ट्यान्ट फिजिसियन तथा प्रमुखको रुपमा कार्यरत डा।झाले यतिबेला कोरोना भाइरसका संक्रमितहरुको उपचारमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीहरुको सम्मानमा एउटा गीत गाएका छन ।

‘नसोध मलाई’ शीर्षकको सार्वजनिक गीतमा संक्रमितहरुको उपचारमा खटिएका चिकित्सकहरुको मनोदशा मात्र चित्रण गरिएको छैन, चिकित्सकहरुले आफ्ना सम्पूर्ण पीडाहरु बिर्सिएर पनि बिरामीको उपचारमा खटिएका छन् भन्ने सन्देश बोकेको छ । सार्वजनिक गीतमा शब्द गिरिराज निरौलाको र डा।झा तथा गीतकार निरौलाको संगीत रहेको छ ।

गीतमा महाराज थापाको संगीत संयोजन छ भने साजन शाहले यसलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन् । भिडियोमा निर्देशक निशान कश्यपको अवधारणा तथा निर्देशन रहेको छ ।

https://youtu.be/p9t8Iys6fQs

 

https://youtu.be/p9t8Iys6fQs

प्रतिकृया दिनुहोस्