×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

उषा उप्रेतीको ‘भर्जिन जवानी’ सार्वजनिक

उषा उप्रेतीको ‘भर्जिन जवानी’ सार्वजनिक

काठमाडौं - चर्चित मोडल उषा उप्रेती अभिनित डान्सिङ नम्बर ‘भर्जिन जवानी’ गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीको एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो । 
शुक्र तामाङको निर्माण रहेको म्युजिक भिडियोलाई सुरेश पाण्डेयले निर्देशन गरेका हुन् । गीतको भिडियोमा कोरियोग्राफी पनि स्वयंम निर्देशक पाण्डेय नै रहेको छ । राजु कोइरालाको शब्द रचना रहेको गीतमा दुर्गा दाहाल साउदको संगीत तथा स्वर रहेको छ ।

गीतमा लक्षु प्रकाश मल्लको एरेञ्ज र दीप श्रेष्ठको मास्टरिङ तथा मिक्सिङ छ । भिडियोमा प्रिया नगरकोटीको मेकअप तथा हेयर, हिमाल श्रेष्ठको क्यामरा एसिस्ट, सौरभ लामाको छायाङ्कन, सौखिन तिमल्सिनाको सम्पादन, कलर र पोस्टर, जटा शंकरको आर्ट र कमल परियारको कोरियोग्राफी एसिस्ट छ । भिडियो शुक्र तामाङ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिकृया दिनुहोस्