काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार परिसूचक नेप्से वृद्धी भएको छ। दिनभर उतारचढाव भएको नेप्से करिब १ प्रतिशतले वृद्धि हुँदा कारोबार रकम पनि ५ अर्ब नाघेको छ।
लगातार बढेको बजारमा बिहीबार नाफा बुक गर्ने लगानीकर्ता र बजार बढ्ने आशामा नयाँ लगानीकताकर्ता प्रवेशले तीव्र उतारचढाव देखियो। जसले गर्दा कारोबार रकम पनि बढेर ५ अर्ब नाघेको हो। बिहीबार नेप्से १७.९२ अंक (०.८४ प्रतिशत) ले वृद्धि भएर २१४३.७६ अंकमा बन्द भएको छ।
बिहीबार बैंकिङ उपसमूह ०.३१ प्रतिशत र अन्य उपसमूह ०.८७ प्रतिशतले गिवाट हुँदा होटल तथा पर्यटन उपसमूह ५.७५ प्रतिशतले वृद्धि भएको छ। बिहीबार नेप्सेमा कुल ५ अर्ब ४ करोड ७ लाख ४१ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको मात्रै ४३ करोड १९ लाख ६७ हजारको कारोबार भएको छ।
यस्तै रिडी पावरको २१ करोड ४१ लाख ८ हजार र हिमाल दोलखा हाइड्रोपावरको ११ करोड ८४ लाख ७९ हजारको कारोबार भएको छ।