काठमाडौं - नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलि. ३ रुपैयाँ‚ डिजेल र मट्टितेलमा प्रतिलि. १ रुपैयाँ घटाएको हो।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको छ।
अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ।