काठमाडौं । मष्तिस्कघात भई नर्भिक अस्पताल उपचाररत नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । अस्पतालले राती ८ः२४ बजे निधन भएको जानकारी दिएको स्वकीय सचिव पुष्करराज पाण्डेले जानकारी दिनुभयो । चिकित्सकहरूले ८ः २४ मा निधन भएको खबर दिएको उहाँको भनाइ छ ।
जोशीलाई फागुन १३ गते राती स्वास्थ्यमा समस्या देखिएपछि परिवारले वीर अस्पतालमा पुर्याएका थिए । परिक्षणका क्रममा उहाँको मस्तिष्कमा रगत जमेको भन्दै वीर अस्पतालले तत्कालै नर्भिकमा रेफर गरेको थियो ।
नर्भिकमा उपचारको एकसातापछि जोशीको स्वास्थ्यमा सुधार आइ उहाँलाई भेन्टिलेटर बाहिर पनि राखिएको थियो । तर लगत्तै उहाँको स्वास्थ्यमा पुनः जटिलता आएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।