×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गठबन्धनको निर्णय कुर्दै एमाले

गठबन्धनको निर्णय कुर्दै एमाले

काठमाडौँ- नेकपा (एमाले)का शीर्ष नेता सरकार निर्माणका विषयमा गठबन्धनमा आबद्ध दलको निर्णय पर्खेर बसेका छन् । नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज बेलुका ५ बजे सकिँदै छ ।

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकार बनाउने विषयमा एमालेले अहिले पहल नगरेको बताए । संसद्को दोस्रो ठूलो शक्ति एमालेले नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले गर्ने निर्णय कुरिरहेको उनको भनाइ छ ।

यता, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठक जारी छ । माओवादीले अहिले प्रधानमन्त्री नपाए एमालेसँग मिलेर सरकार बनाउने गरी छलफल अघि बढाएको माओवादी नेताहरूले नै बताएका छन् ।

प्रतिकृया दिनुहोस्