×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपालको एपीएफ क्लब इस्ट बंगालसँग ३-० ले पराजित भएको छ

नेपालको एपीएफ क्लब इस्ट बंगालसँग ३-० ले पराजित भएको छ

भारतको इस्ट बंगालले शनिबार साफ वुमेन्स क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा भएको खेलमा उसले नेपालको एपीएफलाई सजिलै ३–० ले पराजित गरेको हो ।

भारतीय च्याम्पियनका लागि युगान्डाकी फजिला इक्वापुटले २ गोल गरिन् । उनले २२ औं मिनेटमा पहिलो गोल गरेपछि ४६ औं मिनेटमा दोस्रो गोल थपिन् । त्यसबीच सिल्की देवीले ३५ औं मिनेटमा दोस्रो गोल गरिन् ।

पूरा प्रतियोगितामा अपराजित इस्ट बंगालले पाँच खेलमा कुनै गोल पनि खाएन् । लिग चरणमा पनि इस्ट बंगालले नै शीर्ष स्थानमा रहेको थियो । इस्ट बंगाल र एपीएफबीच भएको लिग चरणको खेल गोलरहित बराबरीमा टुंगेको थियो । 
फाइनलमा भने एपीएफले इस्ट बंगालसामु बलियो चुनौती पेस गर्न सकेन र पूरा खेल अवधिमा कुनै पनि निर्णायक सावित हुन सक्ने आक्रमण बुन्न सकेन । यो जितसँगै इस्ट बंगालले १० हजार डलर पनि हात पारेको छ ।

प्रतिकृया दिनुहोस्