×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

बेलायतको प्रधानमन्त्रीमा लेबर पार्टीका नेता किअर स्टार्मर नियुक्त

बेलायतको प्रधानमन्त्रीमा लेबर पार्टीका नेता किअर स्टार्मर नियुक्त

एजेन्सी - बेलायतको प्रधानमन्त्रीमा लेबर पार्टीका किअर स्टार्मर नियुक्त भएका छन। हिजो भएको संसदीय चुनावमा अत्यधिक बहुमत पाएसँगै स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

संसद्का ६ सय ५० सिटमध्ये स्टार्मरको पार्टीले ४ सय १२ सिट जितेको छ । यो अघिल्लो चुनावको भन्दा २ सय ११ सिटले धेरै हो । यस्तै विगत १४ वर्षदेखि सत्तामा रहेको कन्जर्भेटिभ पार्टीले १ सय २१ सिट मात्रै जितेको छ । यो अघिल्लो चुनावको भन्दा २ सय ५० सिटले धेरै हो ।

किअर स्टार्मर प्रधानमन्त्रीमा नियुक्त हुनुअघि तत्कालीन प्रधानमन्त्री ऋषि सुनक बकिङ्गम दरबारमा पुगेर राजा चार्ल्ससमक्ष राजीनामा बुझाएका थिए । राजा चार्ल्सलाई राजीनामा दिएर उनि बकिङ्गम दरबारबाट पूर्वप्रधानमन्त्रीको हैसियतमा बाहिरिएका हुन् ।

त्यसअघि लेबर पार्टीको विजय स्वीकार गर्दै प्रधानमन्त्री सुनकले पार्टीको पराजयका लागि क्षमायाचना गरेका थिए । 'टेन डाउनिङ स्ट्रीट' भनिने प्रधानमन्त्री कार्यालय छाड्दै गर्दा सुनकले बेलायत संसारकै सबैभन्दा उत्कृष्ट देश भएको बताए ।

यसैबीच यसपालि बेलायतको 'हाउस अफ कमन्स' मा पुग्ने महिलाको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक भएको बीबीसीले जनाएको छ । यस पटक २ सय ४० जनाभन्दा धेरै महिला सांसदमा निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस्