धादिङ -नौबिसे-नागढुङ्गा सडक खण्डको यात्रा कष्टकर बन्न थालेको छ । बर्खा लागेसँगै ठाउँठाउँमा पहिरो जाँदा सडक खण्ड अस्तव्यस्त बनेको छ । सामान्य पानी पर्दा समेत पहिरो झरेर सडक बन्द हुने गरेको छ । पहिरो पन्छाएर सडक खुलाए पनि हेभी र ठूला गाडीको धेरै ओहोरदोहोर हुने भएकाले जाम हुने गरेको छ ।
एउटा गाडी बिग्रिए पनि यात्रु लामो जाममा बस्नु पर्ने बाध्यता छ । यसले गर्दा नौबिसे-नागढुङ्गाको २० मिनेटको सडक पार गर्न पनि घण्टौँ जामा बस्नु पर्ने बाध्यता छ ।सिस्ने खोला, झ्याप्ले खोला र चिसापानी क्षेत्रमा सबैभन्दा धेरै समस्या रहेको प्रहरीले जनाएको छ । पानी पर्दा पहिरो र हिलोले समस्या हुने गरेको यो सडक खण्डमा घाम लाग्दा धुलोले गाडी चलाउन मुस्किल हुने गरेको छ ।