×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रबि लामिछामे पुगे बालुवाटार प्रचण्ड भेट्न

रबि लामिछामे पुगे बालुवाटार प्रचण्ड भेट्न

काठमाडौं- चितवन जितेपछि पहिलो पटक रवि लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि आज बिहान बालुवाटार पुगेका हुन् ।

रविले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । रवि भेट्न पुगेपछि प्रधानमन्त्री प्रचण्डले बधाई तथा शुभकामना दिएका छन् ।

चितवन जितेसँगै रविले सरकारलाई दिएको समर्थनबारे सोच्ने बताएका थिए । सोसँगै रास्वपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले पहल गरिरहेका छन् । यसै सन्दर्भमा दुवैबीच भेटवार्ता भएको बुझिएको छ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई रास्वपाको समर्थन छ । पछिल्लो समय गृह मन्त्रालय नदिएपछि रास्वपा सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता लिएको छैन ।  गठबन्धनमा आबद्ध दलले रविलाई हराउन खोजे पनि उनी अझ बढी मतान्तरका साथ विजयी भएका छन् ।

चितवन क्षेत्र नं २  प्रतिनिधिसभामा निर्वाचित सांसद समेत रहेका रवि सोमबार रवि लामिछाने संसदीय दलको नेता बन्दै छन् ।

भोलि बिहान ११ बजे रास्वपा केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको छ । उक्त पार्टीको संसदीय दलको बैठकले पार्टी सभापति लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने छ । 

प्रतिकृया दिनुहोस्