×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेसमा नेतृत्व परिवर्तन नभई हुँदैन : नेता सिंह

कांग्रेसमा नेतृत्व परिवर्तन नभई हुँदैन : नेता सिंह

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनचाहना अनुसार नेतृत्व परिवर्तन नभए कांग्रेसलाई आउँदा दिनमा समस्या हुने बताएका छन् ।

शनिबार काठमाडौँमा आफू पक्षीय जिल्ला सभापतिका उम्मेदवार कृष्ण (सबुज) बानियाँको उम्मेदवारी घोषणा सभामा नेता सिंहले १४ औँ महाधिवेशनबाट जनचाहना अनुसारको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका हुन् ।

कांग्रेस १३ औँ महाधिवेशनबाट कमजोर भएको आरोप लगाउँदै काँग्रेस कमजोर भएपछि प्रजातन्त्र पनि कमजोर हुने दाबी गरे । नेता सिंहले पार्टीलाई संस्थागत गर्न नेतृत्व परिवर्तन गर्नु आवश्यक भएको बताए । नेता सिंहले नेपाली काँग्रेसको विचारलाई आम जनतामाझ पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने टिमलाई नेतृत्व दिनुपर्ने पनि बताए ।

काठमाडौँमा सभापतिका लागि पूर्व महामन्त्री प्रकाशमान सिंह र युवा नेता गगन थापाको गठबन्धन बनेको छ । अर्कातिर सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षले उपेन्द्र कार्कीलाई सभापतिको उम्मेदवार बनाएको छ ।

 

प्रतिकृया दिनुहोस्