×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालमा पनि १२ जनामा देखियो 'ब्ल्याक फंगस'

नेपालमा पनि १२ जनामा देखियो 'ब्ल्याक फंगस'

दुर्लभ र घातक रोग ब्ल्याक फंगस वा म्यूकोर्मिकोसिसको संक्रमण नेपालमा पनि देखिएको छ । यो रोग मधुमेह भएका बिरामीहरुमा फैलिरहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार नेपालमा ब्ल्याक फंगसको १० देखि १२ वटा घटना देखिएको बताए ।

यी केसहरु काठमाडौं, वीरगन्ज र नेपालगन्जका विभिन्न अस्पतालमाको रिपोर्टमा देखिएको उनले बताए । ब्ल्याक फंगसको संक्रमणले भारतका धेरै राज्यहरू भताभुंग गरिसक्यो ।

म्युकरमाइकोसिसले कम प्रतिरक्षा भएका व्यक्तिहरूलाई असर गर्छ, जस्तै बुढो व्यक्ति, क्यान्सर, मधुमेह र अंग प्रत्यारोपण बिरामीहरुमा यसको जोखिम बढी देखिएको छ । 

डा. अधिकारीले पनि कोभिड-१९ र कालो फंगस संक्रमणको मामलामा चिकित्सक वा विशेषज्ञहरूको रेखदेखमा औषधी र अन्य उपचार लिन सबैलाई आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्