रुसी आक्रमणको ‘नम्बर वान टार्गेट’ भोलोदिमिर जेलेन्स्की । युक्रेनका राष्ट्रपति । एक युद्ध नायक ।
उमेर ४४ वर्ष ।
जुन मितिमा उनको जन्म भयो, ९२५ जनवरी १९७८० त्यो समय युक्रेन सोभियत संघ युनियन अफ सोभियत सोसलिस्ट रिपब्लिक्स–यूएसएसआरको हिस्सा थियो । त्यसको १३ वर्षपछि १९९१ अगस्ट २४ मा युक्रेन सोभियत संघबाट स्वतन्त्र भयो । त्यसको तीनचार महिनापछि त सोभियत संघ नै विधिवत रूपमा पतन भयो ।
त्यसयताका तीन दशक युक्रेनको राजनीति उथलपुथलपूर्ण अवस्थाबाट गुज्रिएको छ । अहिले दशकौँ सोभियत संघको छाताभित्र सँगै बसेका रुसले युक्रेनमाथि भीषण आक्रमण गरेको छ । युक्रेनले पनि आक्रमणको कडा प्रतिरोध गरिरहेको छ । युक्रेनका लागि सर्वाधिक संकटको समयमा नेतृत्व गरिरहेका छन्, उनै ४४ वर्षीय जेलेन्स्की ।
उनी भन्छन्, “म एक नम्बर टार्गेट हुँ, मेरी पत्नी र छोराछोरी दुई नम्बर टार्गेट हुन् ।” यो समय उनी आफू र आफ्नो परिवारको पर्वाह नगरी देश र नागरिकको रक्षा गर्न डटिइरहेका छन् ।
रंगमञ्चका ती जेलेन्स्की
एक समय थियो, उनी टेलिभिजनको पर्दामा ‘राष्ट्रपति’को भूमिका निभाउँथे । त्यतिबेला युक्रेनको वास्तविक राष्ट्रपति थिए, पेत्रो पोरोसेन्को ।
कुरा यो शताब्दीको दोस्रो दशकको मध्यतिरको हो । युक्रेनमा भ्रष्टाचार व्याप्त थियो । ट्रान्सप्यारेन्सी इन्टरनेशनलका अनुसार भ्रष्टाचारको मामिलामा युक्रेन सन् २०२१ मा १८० मध्ये १२२ औँ स्थानमा छ । यसै समयमा भ्रष्टाचार विरोधी ‘सर्भेन्ट अफ पिपल’ नामक टेलिश्रृङ्खला प्रसारण भयो । जहाँ जेलेन्स्कीले एक शिक्षकको भूमिका निभएका छन्, जो कालान्तरमा राष्ट्रपति बन्छन्, सरकारी भ्रष्टाचारविरुद्ध गरेको सम्बोधन भाइरल बनेका कारण । यस टेलिश्रृङ्खलाको युक्रेनी राजनीतिमा ठूलो प्रभाव पर्यो ।
त्यो थियो ‘सर्भेन्ट अफ पिपल’ को एक पात्रको भूमिका, जुन उनको जीवनको महत्वपूर्ण मोड बन्यो । जेलेन्स्कीले राजनीतिमा प्रवेश गरे । र, उनी ‘रिल राष्ट्रपतिबाट रियल राष्ट्रपति बने ।
उनी सन् २०१९ मा राष्ट्रपतिको चुनाव लडे । र, दोस्रो चरणमा बहालवाला राष्ट्रपतिलाई पराजित गर्दै प्रचण्ड बहुमतसहित राष्ट्रपति बनेका हुन् । जेलेन्स्कीले पछि पिपल अफ सर्भेन्ट नामक राजनीतिक दल खोले । संसदीय चुनाव पनि जिते । उनले चुनावमा भ्रष्टाचार अन्त्य गर्ने र पूर्वी युक्रेनको द्वन्द्व अन्त्य गर्ने वाचा गरेका थिए ।
यी जेलेन्स्की
तर, यो समय पूर्वी क्षेत्रमा भइरहेको द्वन्द्व चर्किएको मात्र छैन, देशव्यापी रुसी आक्रमण समेत भइरहेको छ । राष्ट्रपति हुनुअघि राजनीतिको कुनै अनुभव नभएका उनी अहिले भूराजनीतिको दलदलमा फसेका छन् । तर, निसासिएका छैनन् ।
उनी युक्रेनी जनताको आक्रोशको आवाज बनेका छन् । उनको दृढताबाट बाँकी विश्व नतमस्तक बनेको छ । मंगलबार ईयूका सांसदले उठेर ताली बजाउँदै जेलेन्स्कीलाई अभिनन्दन गरे ।
युद्ध चर्किँदै गएपछि अमेरिकाले उनको उद्धार गर्न विमान पठाउने प्रस्ताव राख्यो । यसलाई उनले अस्वीकार गरेर प्रष्टसँग भने, “मलाई अहिले हातहतियार, गोलीबारुद चाहिएको छ, ‘राइड’ होइन ।”
पश्चिमा देशहरूले पनि युक्रेनलाई अर्बौं डलरको सैन्य सामग्री सहयोग गरेका छन् । रुसमाथि कडा प्रतिबन्धहरू लगाएका छन् ।
जुन मागका कारण रुसी आक्रमण खेप्नु परिरहेको छ, ती माग भने पूरा गरिदिएका छैनन् ः नेटो र ईयूको सदस्यता । यद्यपि, जेलेन्स्कीले यी माग त्यागेका छैनन् । अडिग छन् । खुट्टा कमाएका छैनन् ।
रुस युक्रेनलाई असैनिकीकरण गरेर आफ्नो प्रभावमा राख्न चाहन्छ । युक्रेन रुसको बदनियतबाट बच्न चाहन्छ ।
त्यसैले त रुसी आक्रमण जारी छ । यो लडाइमा जेलेन्स्कीले युक्रेनी जनताको साथ छोडेका छैनन्, युक्रेनी जनताले जेलेन्स्कीको । पूरा युक्रेन अभूतपूर्व एकतावद्ध भएको छ ।
जेलेन्स्की साढे चार करोड युक्रेनी नागरिकको शक्तिको प्रतीक बनेका छन् ।
जेलेन्स्कीको सुरुवाती जीवन र ‘करिअर’
दक्षिणी युक्रेन औद्योगिक सहर क्रीभी रीको यहुदी परिवारमा उनको जन्म भयो । उनी सानै छदाँ उनको परिवार मंगोलिया गए । त्यसको चार वर्षपछि पुनः क्रीभी रीमै फर्किए, जहाँ उनी विद्यालय भर्ना भए ।
युक्रेनको दिनीप्रोपेत्रोभ्स्क क्षेत्रका धेरै मानिस जस्तै उनी पनि रैथाने रुसी भाषीको रूपमा हुर्केबढे । तर, उनले युक्रेनी र अंग्रेजी दुवै भाषामा पनि दखल हासिल गरे । सन् २००० मा कीभ नेसनल इकोनोमिक युनिभर्सिटीको स्थानीय क्याम्पसबाट कानुनमा स्नातक गरे । जेलेन्स्कीले कानुनी अभ्यास गर्न इजाजत प्राप्त गरे पनि उनको रुचि पहिलेदेखि नै अर्कै दिशामा अगाडि बढिरहेको थियो, त्यो हो मनोरञ्जन ।
विद्यार्थी कालदेखि नै उनी रंगमञ्चमा सक्रिए थिए, त्यो नै उनको पहिलो प्राथमिकतामा पर्यो, त्यसमा नै उनले आफ्नो ध्यान केन्द्रित गरे । सन् १९९७ मा उनकोे प्रस्तुति समूह ‘केभार्तल ९५’ टेलिभिजनबाट प्रसारित एउटा चर्चित कमेडी प्रतियोगिता केभीएनको अन्तिम चरणमा पुग्यो । र, उनको समूह सन् २००३ सम्म केभीएनमा देखिए ।
समयसँगै उनी अभिनेता एवं कमेडियनको रूपमा चर्चित हुँदै गए । यसै क्रममा उनको एकजना धनाढ्यसँग सम्बन्ध कायम भयो । तर, जेलेन्स्कीले राजनीतिमा प्रवेश गर्ने इच्छा जाहेर गरेपछि दुईबीचको सम्बन्धमा दरार आयो ।
यो समयमा जेलेन्स्कीले रेभ्स्की भर्सेज नेपोलियन ९२०१२० लगायत थुप्रै फिचर फिल्म र रोम्यान्टिक कमेडी ८ फस्र्ट डेट्स ९२०१२० र ८ न्यू डेट्स ९२०१५० अभिनय गरेका छन् ।
उनले ‘लिगा स्मेहा’ ९लिग अफ लाफ्टर० सञ्चालन गरेका थिए । सन् २००६ मा युक्रेनको ‘डान्सिङ विद द स्टार्स’ जितेका थिए ।
यति मात्रै कहाँ हो र रु उनले पाँच मिनेटसम्म लिंगले पियानो समेत बजाएका छन् ।