एजेन्सी– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि उनका समर्थकले प्रदर्शन गरेका छन् ।
मंगलबार खानलाई इस्लामावाद हाईकोर्ट बाहिरबाट पाकिस्तानी रेंजर्सले पक्राउ गरेको थियो । त्यस लगत्तै प्रदर्शनमा उत्रिएका उनका समर्थकले चर्को नाराबाजी गरेका छन् । उनीविरुद्ध भ्रष्टाचारको आरोप छ ।
इमरान खानले आफु माथीको आरोपको निन्दा गर्दै आरोपलाई ‘अत्यन्तै गैरजिम्मेवारपूर्ण र आधारहीन’ भनेका छन् । सरकारी संस्थाले जारी गरेको विज्ञप्ति अनुसार उनले विगत एक वर्षदेखि सेना र गुप्तचर निकायका अधिकृतलाई राजनीतिक उद्देश्यका लागि निशाना बनाइरहेका छन् ।