×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

एसिया कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा

एसिया कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं- नेपालले पहिलो पटक सहभागीता जनाउन लागेको एसिया कप खेल्ने टोलीको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित कुमार पौडेलको कप्तानीमा टोलीको घोषणा गरेको हो । नेपाली टोली १७ सदस्यीय रहेको छ । एसिया कपको तयारीका लागि नेपाल एक साता अघि नै पाकिस्तान जाने क्यानले जनाएको छ । नेपालले पाकिस्तानमा एसिया कपको अन्तिम तयारी गर्ने छ ।

एसिया कप अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ए मा भारत, पाकिस्तान र नेपाल छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको केन्डीमा भारतसँग खेल्ने हुनेछ ।

नेपाली टोली

रोहित कुमार पौडेल ( कप्तान), आशिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, भिम सार्की, कुशल मल्ल, दिपेन्द्र सिंह  ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जि.सि, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल

प्रतिकृया दिनुहोस्