×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रियल हराउँदै बार्सिलोना बन्यो च्याम्पियन

रियल हराउँदै बार्सिलोना बन्यो च्याम्पियन

काठमाडौँ- बार्सिलोनाले स्पेनिस सुपरकोपाको उपाधि जितेको छ । गएराती साउदी अरबको रियादमा सम्पन्न फाइनल खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३-१ गोल अन्तरले पराजित गर्दै सुपरकोपाको उपाधि जितेको हो । 

बार्सिलोनाको जितमा गाभी, रोबेर्ट लेवानडोस्की र पेड्रीले एक एक गोल गरेका थिए । त्यस्तै रियलका लागि एक गोल करिम बेन्जमाले गरेका थिए ।

बार्सिलोनाले योसहित सुपरकोपाको उपाधि १४औ पटक जितेको छ । पछिल्लो पटक बार्सिलोनाले यो उपाधि २०१८ मा जितेको थियो । त्यस्तै रियल म्याड्रिडले यो उपाधि यसअघि १२ पटक जितेको छ । पछिल्लो वर्ष रियल सुपरकोपाको विजेता थियो ।

प्रतिकृया दिनुहोस्