काठमाडौं- त्रिकोणात्मक टि२० आई सिरिजअन्तर्गत घरेलु टोली नेपालले हङकङविरुद्ध टस जितेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
नेपालले आजको खेलमा कुनैपनि खेलाडी परिवर्तन गरेको छैन । नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो ।
नेपाललाई जिताउन दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलले ९३ रनको साझेदारी गरेका थिए । नेपालका तीव्र गतिका बलर करण केसीले ३ र गुलशन झाले २ विकेट लिएपछि युएई १ सय ३९ रनमै रोकिएको थियो । नेपालका स्पिनर विकेटविहीन बनेका थिए ।
२०२० पछि नेपालले हङकङसँग खेल्दैछ । पछिल्ला चार खेलमा नेपाल तीन खेलमा पराजित भएको छ । तर २०२० पछि नेपाली टोलीको स्तर र प्रदर्शन फेरिएको छ । अंशुमन रथ, बाबर हायत र निजाकत खान हङकङका प्रमुख ब्याटर हुन् । यी तीन ब्याटरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।
नेपालको प्लेइङ-११ः
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहित पौडेल ९कप्तान०, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, अभिनाश बोहरा, श्याम ढकाल ।
हङकङको प्लेइङ ११ –
निजाकत खान (कप्तान), अदित गोरावारा, अजिज खान, आयुश शुक्ला, अंशुमन रथ, बाबर हायत, एहसान खान, हरुन अर्शद, मार्टिन कोट्जी र यासिम मुर्तजा, जिशान अली ।