चितवन - पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड करिब चार घण्टापछि पुनः सञ्चालनमा आएको छ।
आइतबार बिहान करिब ४ बजे इच्छाकामना गाउँपालिका–६ स्थित तुइन खोला नजिकै माथिबाट ढुंगासहितको पहिरो खस्दा सडक दुवैतर्फ पूर्ण रूपमा बन्द भएको थियो।
डिभिजन सडक कार्यालय, भरतपुरका अनुसार दुईवटा मेसिन (लोडर) प्रयोग गरी पहिरो पन्छाइएपछि बिहान ८:१० बजेदेखि सडक दुवैतर्फ खुलाइएको हो।
सडक खुले पनि वर्षायाम जारी रहेकाले यो सडकखण्डमा पहिरोको जोखिम कायमै छ। यात्रा गर्दा सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।