×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गृहमन्त्री लामिछानेले अमेरिकाबाट आएपछि नेपाली नागरिकता नै नलिएको तर्क, सांसद पद खारेजीको माग

गृहमन्त्री लामिछानेले अमेरिकाबाट आएपछि नेपाली नागरिकता नै नलिएको तर्क, सांसद पद खारेजीको माग

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । सुनुवाइका क्रममा रिट निवेदकको तर्फबाट बहस गर्दै कानुन व्यवसायीहरुले लामिछाने नेपाली नागरिक नै नभएको भन्दै उनको सांसद पद खारेज हुनुपर्ने तर्क गरेका छन् ।

अधिवक्ताहरु सुरेन्द्र भण्डारी, रमण कर्ण, अमृत खरेललगायतले अमेरिकाबाट आएपछि नेपाली नागरिकता लिएको प्रमाण पेश नभएकाले पनि लामिछाने नेपाली नागरिक नभएको बताएका छन् । सहन्यायाधिवक्ता सञ्जिव रेग्मीले भने लामिछानेको नागरिकताबारे कुनै निर्णय नगरेकाले अन्तरिम आदेश जारी गर्नु नपर्ने बताएका छन् ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा सुनुवाइ भइरहेको हो ।

प्रतिकृया दिनुहोस्