×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सूचना/प्रविधि

सुबिसुले ल्यायो आफ्ना ग्राहकलाई स्वास्थ्य बिमा

सुबिसुले ल्यायो आफ्ना ग्राहकलाई स्वास्थ्य बिमा

काठमाडौं - नेपालको अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रा.लि.ले नयाँ वर्षको अवसरमा ग्राहकहरुका निम्ति “इन्टरनेट मस्त जीवन स्वस्थ” अफर ल्याएको छ । 
ग्राहकहरुलाई एक लाखसम्मको निःशुल्क स्वास्थ बीमा सहित अफर सार्वजनिक गरेको हो । 
सुविसुले स्वास्थ जीवनको महत्वलाई ध्यानमा राख्दै कम्पनीले इन्टरनेट र कि्लयर टिभी सेवाको नयाँ जडान तथा नविकरणमा एक लाखसम्मको निःशुल्क स्वास्थ्य विमा प्रदान गर्ने जनाएको छ । कम्पनीले स्वास्थ्य बीमाको लागि शिखर इन्स्युरेन्ससँग सहकार्य गरी २० एविपिएस भन्दा माथिको वेण्डवीथमा मात्र लागु हुने समेत कम्पनीले जनाएको छ । ग्राहकहरुले नेपाल र भारतमा उपचार गर्दा एक लाख सम्मको स्वास्थ्य बीमा प्राप्त गर्ने छ । 

सुबिसु केबलनेट प्रालिले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एमपिएलएस भिपिएनएस, व्यानएथर्नेट होलसेल आइपि ट्रानि्जट,एमभिपि, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदानगर्दै आएको छ ।

सुबिसु केबलनेट प्रालिले नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायक कम्पनीको उत्पादन हो । कि्लयर टिभी मार्फत नेपालको पहिलो डिजिटल केवल टेलिभिजन सेवा दिदै आएको छ । टिभीले एमपिइजि फोर स्तरमा एचडि च्यानलहरु केवल मार्फत प्रदान गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस्