×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

पत्रपत्रिका

फेरि अर्को रडाको शुरु, अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने जसपाको अडान

फेरि अर्को रडाको शुरु, अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने जसपाको अडान

काठमाडौं - जनता समाजवादी पार्टी नेपाल (जसपा)ले राजनीतिक दल विभाजन सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने अडान राखेको छ ।

जसपा संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले अध्यादेश निष्क्रिय भएपछि मात्रै सरकारमा सहभागिता जनाउने अडान लिएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धन दलसँग मन्त्री बन्नेहरूको नामावली मागिरहेका बेला जसपाले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय हुनुपर्ने सर्त प्रधानमन्त्रीसहित पाँचदलीय गठबन्धनभित्र राखेको जसपा स्रोतले जनाएको छ ।

‘हामी अहिलेकै अवस्थामा सरकारमा सहभागी हुदैनौं । सरकारले ल्याएको राजनीतिक दलसम्बन्धीको अध्यादेश पहिला निष्क्रिय हुनुप¥यो, त्यसपछि सरकारमा सहभागी हुन्छौं’ जसपा स्रोतले भन्यो, ‘यस विषयमा हामीले प्रधानमन्त्रीसहित पाँच दलीय गठबन्धनभित्र स्पष्ट रूपमा भनिसकेका छौं ।’ जसपा अध्यक्ष यादवसहितका शीर्ष नेताहरूले सार्वजनिक कार्यक्रममा समेत अध्यादेश फिर्ता हुनुपर्ने अभिव्यक्ति दिँदै आएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्