×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपालसँग ओडीआई खेल्नुअघि अमेरिकालाई झड्का

नेपालसँग ओडीआई  खेल्नुअघि अमेरिकालाई झड्का

एजेन्सी – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेल नेपालसँग खेल्नुअघि अमेरिकालाई झट्का लागेको छ ।

अमेरिका मध्यक्रममा प्रमुख ब्याट्सम्यान आरोन जोन्स र तीव्र गतिका बलर जेसी सिंह चोटका कारण त्रिकोणात्मक सिरिजबाट बाहिरिएका छन् ।जोन्सको बायाँ हात भाचिएको छ । जोन्स अमेरिका टोलीमा उपकप्तान समेत हुन् । सिंह साइड स्ट्रेनको कारण सिरिज गुमाउने भएका छन् । अमेरिकाले सिंहको स्थानमा तीव्र गतिका बलर काइल फिलिपलाई टोलीमा समेटेको छ । वेस्टइन्डिज मुलका फिलिपले अमेरिकाबाट ५ लिष्ट ए खेलमा ६ विकेट लिएका छन् । जोन्सको स्थानमा १८ वर्षिय युवा अलराउन्डर सन्जय कृष्णमुर्तीलाई टोलीमा राखेको जनाएको छ ।

फिलिप यसअघिनै अमेरिका टोलीसँगै थिए । कृष्णमुर्ती शुक्रबार अमेरिकाबाट ओमान पुगेका थिए । १८ वर्षिय कृष्णमुर्ती अमेरिका यू१९ प्रतियोगिता सर्वाधिक विकेट लिने बलर हुन् । उनले अमेरिका घरेलु क्रिकेटमा ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । अमेरिका घरेलु क्रिकेटमा ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शनपछि १८ वर्षिय कृष्णमुर्तीर्ला टोलीमा समेटेको हो ।

जोन्स अमेरिका मध्यक्रममा प्रमुख ब्याट्सम्यान हुन् । जोन्सले अमेरिकाबाट १४ ओडिआईमा ३ अर्धशतक सहित कुल ४ सय ३८ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन ९५ रन छ । जोन्स नहुँदा मध्यक्रम ब्याटिङ कमजोर बन्न सक्छ । नेपाल र अमेरिकाबीचको पहिलो खेल आज दिउँसो ४ : १५ मा ओमानको अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ । अमेरिकाको टोली : सौरभ नेत्रावलकर (कप्तान), अभिषेक पराडकार, डोमिनिक रिखी, एल्मोर हचिन्सन, गजानन्द सिंह, जसकरण मल्होत्रा, करिमा गोरे, मोनाक पटेल, निसरग पटेल, नोशतुश केंजीगे, स्टिभ टेलर, सुशान्त मोदानी, सन्जय कृष्णमुर्ती, काइल पिलिप

प्रतिकृया दिनुहोस्