×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

एनपीएलको खेल तालिका आयो, उद्‌घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने

एनपीएलको खेल तालिका आयो, उद्‌घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । 

सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले १५ मंसिरदेखि सुरु हुने पहिलो संस्करणको  एनपीएलको खेल तालिका सार्वजनिक गरेको हो । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार एनपीएलको उद्‌घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल मध्याह्न सवा १२ बजेदेखि सुरु हुने प्रवक्ता लामाले बताए । 

प्रवक्ता लामाका अनुसार १६ मंसिरमा भने एनपीएलका कुनै खेल हुने छैनन् । त्यसपछि १७ मंसिरदेखि ३० मंसिरसम्म हरेक दिन दुई खेल हुनेछन् । पहिलो खेल बिहान सवा ९ बजे र दोस्रो खेल दिउँसो सवा १ बजेबाट सुरु हुने प्रवक्ता लामाले बताए ।

पहिलो क्वालिफायर र इलिमिनेटर खेल ३ पुसमा हुने कार्यतालिका छ । पहिलो क्वालिफायरमा लिगको शीर्ष स्थानमा रहेको टिम र दोस्रो स्थानको टिमबीच प्रतिस्पर्धा हुनेछ । पहिलो क्वालिफायरमा विजेता टिम फाइनल प्रवेश गर्दा पराजित टोलीले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ ।

इलिमिनेटर खेलमा लिगको तेस्रो र चौथो स्थानमा रहने टिमबीच प्रतिस्पर्धा हुनेछ । इलिमिनेटरमा विजयी टिमले पहिलो क्वालिफायरमा पराजित टिमसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि दोस्रो क्वालिफायरमा विजयी टिम फाइनल प्रवेश गर्नेछ । दोस्रो क्वालिफायर खेल ४ पुसमा हुने क्यानले जनाएको छ । उपाधि भिडन्त भने ६ पुसमा मध्याह्न सवा १२ बजे हुनेछ ।

हेर्नुस् खेलको तालिका:

May be an image of American football, football and text

प्रतिकृया दिनुहोस्