काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले आयोजनामा हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिगलाई विश्व क्रिकेटकाे सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मान्यता दिएको छ ।
क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै प्रतियाेगिताकाे पहिलो संस्करणलाई आइसिसीले स्वीकृति दिएको जनाएको हाे ।
नेपालको आधिकारिक टी-२० लिग कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता ८ असाेजदेखि ५ कार्तिकसम्म हुनेछ ।
होम एण्ड अवेको आधारमा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने क्यानले जनाएको छ ।