×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

केन्यासँग आज दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल्दै नेपाल

केन्यासँग आज दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल्दै नेपाल

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार) घरेलु टोली केन्यासँग दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ बजे सुरु हुनेछ ।

घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । तर, घरेलु टोलीविरुद्ध नेपाललाई सहज भने हुने छैन । बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । पाँच खेलको सिरिजमा नेपाल १–० ले अघि रहेको छ ।

यता, केन्या भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिने योजनामा छ । नेपालले केन्याविरुद्ध भदौ १२ गते तेस्रो खेल खेल्नेछ । त्यस्तै दुई टोलीबीच चौंथो टी–ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी–ट्वान्टी भदौ १४ गते हुनेछ । टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।

प्रतिकृया दिनुहोस्