×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

काठमाडौँ उपत्यकामा थपिए ३९४ संक्रमित

काठमाडौँ उपत्यकामा थपिए ३९४ संक्रमित

काठमाडौँ- सोमबार उपत्यकामा ३९४ जना कोभिड-१९ को संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २८५, भक्तपुरमा ४३ र ललितपुरमा ६६ जना संक्रमित थपिका छन् ।

काठमाडौँमा सक्रिय संक्रमित २५४८, संक्रमणमुक्त २ लाख ३८ हजार ८३६, मृत्यु २१४१ र कुल संक्रमित २ लाख ४३ हजार ५२५ जना छन् । भक्तपुरमा सक्रिय संक्रमित ८२२, संक्रमणमुक्त २७ हजार ७४६, मृत्यु ४२५ र कुल संक्रमित २८ हजार ९९३ जना छन् ।

त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ११५२, संक्रमणमुक्त ४६ हजार ९८, मृत्यु ६६५ र कुल संक्रमित ४७ हजार ९१५ जना छन् ।

प्रतिकृया दिनुहोस्