×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इन्फलुएन्जा के हो ?

इन्फलुएन्जा के हो ?

काठमाडाैँ- नेपालमा इन्फ्लुएन्जा हरेक वर्ष अंग्रेजी महिनाको फेब्रुअरी, मार्च तिर र जुलाई अगस्टतिर गरी वर्षमा दुईपटक बढी देखिन्छ । यसपटक पनि इन्फलुएन्जा जुलाई महिनाबाट देखिन शुरु भएको हो ।  अगस्टमा अलि बढि भयो । अहिले तथ्याङ्कले यसका बिरामी अलि कम भएर गएको जस्तो देखाएको छ ।

यसका लक्षणहरू

  • रुघाखोकी लाग्नु
  • ज्वरो आउनु
  • घाँटी दुख्नु
  • शरीर दुख्नु
  • वाकवाकी लाग्नु
  • बान्ता हुनु
  • टाउको दुख्नु ।

इन्फ्लुएन्जाबाट जोगिन खोप लगाउन सकिन्छ । जुन हरेक वर्ष लगाउनु पर्दछ । ज्येष्ठ नागरिक दीर्घ रोगी, बालबालिका बढी जोखिममा पर्ने भएकाले उनीहरूले भ्याक्सिन लगाउनु झनै जरुरी पर्दछ ।

यी जोखिममा भएका व्यक्तिहरू केही गरी सङ्क्रमित भएका भए चिकित्सकको सम्पर्कमा गएर आवश्यक औषधीहरू लिनु पर्दछ । सामान्यतया एक हप्ता १० दिनमा बिस्तारै ठिक हुँदै जाने पनि हुन्छ ।

प्रतिकृया दिनुहोस्