पछिल्लो २४ घण्टाभित्र नेपालमा थप दुई हजार ३२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार कूल १० हजार १३३ जनाको नमूना परीक्षण गर्दा दुई हजार ३२८ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट एक हजार ५२७ र एन्टिजेन विधिबाट ८०१ संक्रमित पहिचान भएका थिए । उक्त अवधिमा कूल पाँच हजार ८३७ पीसीआर र चार हजार २९६ एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या छ लाख ८१ हजार १३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ७१६ जना रहेका छन् । तीमध्ये २४ हजार ६७५ जना होम आइसोलेसनमा र ३०४१ जना होम आइसोलेसनमा छन् ।