×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

भारतीय टेस्ट क्रिकेट टोलीको कप्तानबाट विराटले दिए राजीनामा

भारतीय टेस्ट क्रिकेट टोलीको कप्तानबाट विराटले दिए राजीनामा

एजेन्सी - भारतीय टेस्ट क्रिकेट टिमका कप्तान एवं ब्याटर  विराट कोहलीले टेस्ट क्रिकेटको कप्तानबाट राजीनामा दिएका छन्। 
शनिबार एक विज्ञप्ति जारी गर्दै कोहलीले कप्तानीबाट राजीनामा दिएको बताएका हुन्।
सन् २०१४ मा टेस्ट क्रिकेट टिमको कप्तानी सम्हालेका कोहलीले आफूले यस अवधिभर इमानदारितापूर्वक काम गरेको बताए। 

‘यात्राका क्रममा धेरै आरोह अवरोह आए तर त्यसलाई डग्मगाउन दिइनँ’, विज्ञप्ति जारी गर्दै उनले भनेका छन्।
उनले आफूलाई कप्तानीको अवसर दिएको भन्दै भारतीय क्रिकेट नियन्त्रण बोर्डलाई धन्यवाद दिएका छन्।

दुई महिनाअघि मात्रै टी–ट्वान्टी क्रिकेट टिमको कप्तानीबाट उनले राजीनामा दिएका थिए।

प्रतिकृया दिनुहोस्