×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भारतले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय सिरिज

भारतले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय सिरिज

काठमाडौँ- दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज घरेलु टोली भारतले जितेको छ । उसले गएराति तेस्रो तथा निर्णायक खेलमा ७ विकेटको सहज जित निकाल्दै ३ खेलको सिरिज २–१ ले जितेको हो ।

पहिलो खेलमा दक्षिण अफ्रिकाले ९ रन तथा दोस्रो खेलमा भारतले ७ विकेटको जित दर्ता गरेपछि सिरिजको निर्णय अन्तिम खेलबाट भएको थियो । १०० रनको सामान्य लक्ष्य भारतले १९.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । उसका लागि शुवमन गिलले ५७ बलमा ८ चौकासहित सर्वाधिक ४९ रनको योगदान दिए ।

श्रेयस आय्यरले अविजित २८, इशान किशनले १० तथा कप्तान शिखर धवनले ८ रन जोडे । दक्षिण अफ्रिकाका लागि बजोर्न फोर्ट्युन र लुंगी एनगिडीले समान १ विकेट लिँदा एक विकेट रन आउटका रुपमा प्राप्त भयो ।

त्यसअघि दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २७।१ ओभरमा सबै विकेट गुमाउँदै ९९ रन बनाएको थियो ।

उसका लागि हेन्रिच क्लासेनले सर्वाधिक ३४, जानेमन मलानले १५ र मार्को यान्सनले १४ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा भारतका कुलदीप यादवले ४ तथा शहबाज अहमद, मोहम्मद सिराज र वासिङ्गटन सुन्दरले २–२ विकेट हात पारे । 

प्रतिकृया दिनुहोस्