काठमाडौँ- फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सानदार जित निकालेको छ । ब्राजिलले घरेलु मैदानमा चिलीमाथि ४-० को जित निकालेको हो ।
बिहान भएको खेलमा ब्राजिलको जितमा नेयमार, भिनिसियस जुनियर र फिलिपे कौटिन्होले गोल गरे । यो जितसँगै यसै वर्ष कतारमा हुने विश्वकपमा स्थान पक्का गरिसकेको ब्राजिलको १६ खेलबाट ४२ अंक पुगेको छ ।
शीर्षस्थानमा रहेको अपराजित ब्राजिलले १३ जित र ३ बराबरीको नतिजा निकालेको छ । चिली १७ खेलबाट १९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।