पञ्चाङ्ग
वि.सं. साउन २९, २०७९ । ई.सं. १४ अगस्ट २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ दिल्लागा । नल दक्षिणायन वर्षा । आइतबार भाद्र कृष्णपक्ष । तिथि- तृतीया, २५:५६ बजे उप्रान्त चतुर्थी । नक्षत्र- पूर्वभाद्रपदा, २६:०४ बजे उप्रान्त उत्तरभाद्रपदा । योग- अतिगण्ड, ८:४६ बजे उप्रान्त सुकर्मा । करण- वव १४:३९ बजेदेखि भद्रा, २५:५६ बजे उप्रान्त कौलव । चन्द्रराशि कुम्भ । आनन्दादि योग चर । दिनमान ३२।४८ । सूर्योदय ५:३४ । सूर्यास्त १८:४१ । भ.१४:३९ ।उ. १:५६, पञ्चक ।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वादिष्ट भोजन पाइनेछ । नयाँ कार्यको योजना बन्नेछ । वित्तिय संस्था बाट सहयोग पाइनेछ । नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आस मारेको काम बन्नेछ । अरुको मन जित्न सकिनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । चलाखीपूर्ण बोलीले काम बन्नेछ । पढाइ लेखाइमा उन्नति र प्रगतिको वातावरण बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अनवास्यक यात्रा हुनसक्छ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । जोशजाँगरमा पनि कमी ल्याउन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउने र आत्मिक सन्तुष्टि मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्लान्, तर साँझमा शुभ समाचार पाइनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । उपहार र मान सम्मान पनि पाइन सक्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । रमाइलो यात्राको योग समेत रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने र मन प्रसन्न रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । प्रेममा मनमुटावका साथै मानसिक चिन्ता बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । -हाम्रो पात्रो/नेपाली पात्रोबाट