×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यस्तो रह्यो कलाकारहरुको होली (तस्बिरहरु)

यस्तो रह्यो कलाकारहरुको होली (तस्बिरहरु)

काठमाडौं - यसपालिको होली तथा फागु पूर्णिमा नेपाली कलाकारहरुले आआफ्नै तरिकाले मनाएका छन् । कसैले परिवारसँग मिलेर मनाए भने कसैले राजधानीका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गरी सर्वसाधारणसँग होली मनाएका छन् ।

 अभिनेता राजेश हमालले कपुरधारास्थित निवासमा आइपुगेका फिल्मकर्मीसँग रङ साटासाट गर्दै होली मनाए ।

May be an image of 2 people and people standing

फिल्म ‘छक्कापञ्जा ४’को टीमले यो वर्ष बानेश्वर चोकमा ‘छक्कापञ्जा ४ होली विशेष कार्यक्रम’ आयोजना गरी सर्वसाधारणसँग मिलेर होली मनाएको छ ।

कार्यक्रममा कलाकारहरु निर्मल शर्मा, दीपाश्री निरौला, बेनिशा हमाल, केदार घिमिरे, राज आचार्यलगायतका कलाकारहरु उपस्थित थिए ।दीपकराज गिरी भने रेडियोले आयोजना गरेको होली कार्यक्रममा प्रस्तुत भए ।

 

May be an image of 7 people, people standing and outdoors
अभिनेत्रीद्वय रेखा थापा र श्वेता खड्काले भने यो वर्ष सँगै मिलेर होली मनाए ।

May be an image of 2 people
यसपालिको होली अभिनेता पल शाहको लागि भने केही विशेष भयो । यौन दुर्व्यवहारको मुद्दामा जेल सजाय काटिरहेका शाहले सफाइ पाएर थुनामुक्त भएपछि यो उनको पहिलो होली हो । 

May be an image of 3 people and people standing
उनले काठमाडौंस्थित आफ्नै निवासमा सपरिवार होली मनाए । पलसँग होली मनाउन उनी निकट फिल्मकर्मी र संगीतकर्मी उनकै निवास पुगेका थिए ।
अभिनेत्री स्वस्तिमा खड्काले श्रीमान् निश्चल बस्नेत र अभिनेता आर्यन सिग्देलले आफ्नो परिवारसँग होली मनाए ।

May be an image of 2 people, people standing and outdoors

त्यसैगरी  अभिनेत्री नीता ढुङ्गानाले श्रीमान हरिहर अधिकारीसँग भारतमा होली मनाइन् । यतिबेला नीता आफ्नै ब्यानरमा निर्माण हुने चलचित्र ‘ह्रस्व दीर्घ’को छायांकनका लागि भारत पुगेकी छन् ।

May be an image of 7 people, people standing and outdoors

अभिनेत्री सञ्चिता लुइँटेलले आफ्ना छोराछोरीसित होली खेल्दै गरेको तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिरमा अभिनेता निखिल उप्रेती भने देखिएका छैनन् ।

  May be an image of 3 people and outdoors

कलाकारहरु वर्षा सिवाकोटी, पूजा शर्मा, झरना थापा, एलिजा गौतमलगायतका कलाकारहरुले पनि परिवार र साथीहरुसँग होली मनाएका छन् ।

May be an image of 2 people, people standing and outdoors

May be an image of 2 people, people standing and outdoors

 

प्रतिकृया दिनुहोस्