काठमाडौं- नेपालटारस्थित आफ्नै डेरामा मृत भेटिएकी गायिका दिलमाया सुनारको मृत्युको घटनाको निष्पक्ष छानबिन गर्न अखिल नेपाल महिला संघले माग गरेको छ।
अनेमसंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशभरी भइरहेका बलात्कारलगायत विभिन्न महिलाविरुद्ध हिंसाको अन्त्य गर्न पनि सरकारलगायत सरोकारवाला निकायसँग माग गर्दछ।’ गायिका सुनार शनिबार बिहान पौने ११ बजे कोठामै मृत भेटिएकी थिइन्।