×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सबै नागरिकले बुस्टर डाेज लगाउन पाउँछन् : स्वास्थ्यमन्त्री

सबै नागरिकले बुस्टर डाेज लगाउन पाउँछन् : स्वास्थ्यमन्त्री

काठमाडाैँ- स्वास्थ्यमन्त्री विरोध खतिवडाले सबै नागरिकले छिट्टै कोरोनाविरुद्धको बुस्टर डोज पाउने बताएका छन् । 

बुधवार मन्त्रालयमा नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापन पत्र बुझ्दै मन्त्री खतिवडाले अहिले अग्रपंक्तिमा काम गर्नेलाई दिइरहेको बुस्टर डोज केही दिनभित्रै सबै नागरिकका लागि प्रदान गर्ने बताएका हुन् ।

मन्त्री खतिवडाले विद्यार्थीहरूका लागि पनि खोप प्रदान गर्ने काम शुरू भइरहेको भन्दै यसलाई प्रभावकारी बनाउने धारणा राखे । त्यस्तै उनले कोरानाविरुद्धको थप खोप ल्याउने क्रममा रहेको भन्दै खापको अभाव हुन नदिने बताए । विपन्न वर्गका लागि स्वास्थ्य उपचार निःशुल्क नै रहेको भन्दै सर्वसाधारणमा जानकारी नहुँदा प्रभावकारी हुन नसकेको उनले बताए ।

अनेरास्ववियुले सरकारी र सामुदायिक अस्पतालमा विद्यार्थी, किसान, मजदुर लगाएत आर्थिक अभाव भएका नागरिकको उपचारमा चेकजाँच दर्ता निःशुल्क बनाएर सहज उपचार गर्ने वातावरण बनाउन माग गर्दै मन्त्री खतिवडालाई ज्ञापन पत्र बुझाएको अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्