काठमाडौं - चोरी गरेको आरोपमा प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–५ स्थित टिकाथलीबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएका २३ वर्षीय सुजन सिलवाल र मोरङ घर भएका १९ वर्षीय अजय चौधरी छन् ।
साउन २० मा उनिहरुले इमाडोलस्थित मन्दिरा भट्टराई पन्तको घरबाट सुन चाँदीका गहना, चाँदीकोे करुवा, नगद र मोबाइल चोरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले रातोपाटीलाई बताए ।
आरोपितहरुको कोठाबाट प्रहरीले चोरीको उफर, क्यामेरा, मोबाइल र चाँदीको करुवा लगायतका सामान बरामद गरेको छ । उनीहरुविरुद्ध प्रहरीले ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।