×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फेरि बढ्यो पेट्रोलियम मूल्य, खाना पकाउने ग्यासमा पनि २५ रुपैयाँ वृद्धि

फेरि बढ्यो पेट्रोलियम मूल्य, खाना पकाउने ग्यासमा पनि २५ रुपैयाँ वृद्धि

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित पेट्रोलियमको मूल्य बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले मंगलबार १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो ।

निगमले पेट्रोलमा २ रुपैयाँ, डिजेल र मटितेलमा २-२ रुपैयाँ बढाउने निर्णय गरेको हो । अब पेट्रोल प्रतिलिटर १२९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेल ११२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

यस्तै, निगमले हवाई इन्धनतर्फ पनि मूल्य समायोजन गरेको छ । आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय)को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्‍याएको छ ।

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ । मूल्य समायोजनपश्चात् निगमको पाक्षिक घाटा ९१ करोड ३५ लाख हुने निगमको दाबी छ

 

प्रतिकृया दिनुहोस्