×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेमकिपा अध्यक्ष बिजुक्छें र सीपीसी विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

नेमकिपा अध्यक्ष बिजुक्छें र सीपीसी विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

काठमाडौं - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें र चिनियाँ कम्युनिस्ट पार्टी  (सीपीसी)का विदेश विभाग प्रमुख लिउ चियन्चाओबीच आज साँझ भक्तपुरमा शिष्टाचार भेटवार्ता भएको छ। 

भेटवार्तामा चीन र नेपालको मित्रवत् सम्बन्धबारेमा छलफल भएका नेमकिपाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईंले जानकारी दिनुभयो। 

उहाँले भेटबारे जानकारी दिँदै नेपाल र चीनको सम्बन्ध, नेपालको राजनीतिक परिवेश र नेपालसँगको  मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउनेबारेमा छलफल भएको थियो।

 नेपाल चीनको असल र निकट मित्र रहेको तथा नेपालमा चिनियाँ विरोधी गतिविधि हुन नदिन सरकार सचेत हुनुपर्नेबारेमा छलफल भएको बताइएको छ। रासस

प्रतिकृया दिनुहोस्