काठमाडौं-जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रदेशसभाले आज (बुधबार) नामको टुंगो लगाउने तयारी गरेसँगै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
आज (बुधबार) दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्म प्रदेश राजधानी विराटनगरको देवकोटा चोकदेखि कोसी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवासवरपर निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञाका अवधिमा कुनै किसिमका सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता गतिविधिमा रोक लगाइएको छ । प्रदेशसभाले प्रदेश १ को नाम ‘कोशी’ राख्ने तयारी गरेको छ ।