काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापा कास्की १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन् । उनले कास्की जिल्ला क्षेत्र नं. १ बाट संघीय प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवार हुने मनोनयन दरखास्त फारम भरेका हुन् । उनले नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालमार्फत् (हस्ते) दरखास्त दिएका हुन् ।