×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बागबजारको धारा र ट्युवबेलको पानीमा भेटियो हैजा फैलाउने जिवाणु

बागबजारको धारा र ट्युवबेलको पानीमा भेटियो हैजा फैलाउने जिवाणु

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौंको बागबजारको धारा र ट्युवबेलको पानीमा हैला फैलाउने जीवाणु भेटिएको जनाएको छ । 

काठमाडौंमा हैजाका विरामी भेटिएपछि बागबजारको धारा र ट्युवबेलको पानीको परिक्षण गरिएको थियो । परिक्षण गर्दा पानीमा हैजा फैलाउने जीवाणु भेटिएको प्राधिकरणले जनाएको छ ।

‘हिजो बागबजारको धारा र ट्युवबेलको पानीमा हैजा फैलाउने जीवाणु भेटियो । बर्खाको समयमा पानी प्रदुषित हुने जोखिम धेरै हुन्छ । पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउने गरौं,’ प्राधिकरणले सामाजिक सञ्जाल ट्वीटर मार्फत सर्वसाधरणलाई सजग हुन भनेको छ । 

 

प्रतिकृया दिनुहोस्