पोखरा- कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा एमालेका जिल्ला अध्यक्ष मनबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराललाई पराजित गरेका हुन् ।
शुक्रबार बिहान सम्पन्न मतगणनामा एमालेका गुरुङ २५ हजार ७ सय ८ मत ल्याएर निर्वाचित हुँदा कांग्रेस जिल्ला सभापति बरालले २३ हजार १ सय ८९ मत पाएका थिए ।
कांग्रेसका बराल अन्तर्घातका कारण पराजित हुन पुगेको कार्यकर्ताको आरोप छ । आक्रोशित कांग्रेस कार्यकर्ताले एमालेसँग मिलेर आफ्नै पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै बिहीबार साँझ पार्टीका पूर्वजिल्लाभा सपति कृष्ण केसीको घर घेराउ गर्दै नाराबाजी र ढुंगामुढासमेत गरेका थिए ।