×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता,भावी मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली प्रस्ताव

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता,भावी मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली प्रस्ताव

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री गुरूङविरूद्ध बिहीबार प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ र जसपाका २ जना गरी २८ जना सांसदको हस्ताक्षर रहेको छ । यसका साथै भावी मुख्यमन्त्रीमा भने कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ ।

यसअघि सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी चालु अधिवेशन अन्त्य गरेका थिए ।

प्रतिकृया दिनुहोस्