काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जनाइएको छ ।
बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उम्मेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुनेछ । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीका सातजना सहमहामन्त्रीलाई प्रदेशमा पठाउने निणर्य यसअघि नै गरिसकेको छ ।
बैठकले नगरपालिका र गाउँपालिकाका उम्मेद्वारको टुङ्गो लगाउन भोलि सहमहामन्त्रीहरूलाई सातवटै प्रदेशमा पठाउने निर्णय गरेको थियो । उनीहरूले प्रदेशमा उम्मेदवारको टुङ्गो लगाउने प्रयास गर्नेछन् । उम्मेदवार प्रदेशबाट टुङ्गो नलागे उनीहरूले वैशाख ९ गते साँझसम्म केन्द्रमा पठाउने छन् । वैशाख १० गते बिहानसम्म केन्द्रले टुङ्गो लगाउने छ ।